पोखरा विश्वविद्यालयको स्नातक तह दोस्रो देखि अन्तिम सेमेष्टरसम्मको परीक्षा फाल्गुणमा

कास्की /२८ मंसिर- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका व्यावस्थापन, ईञ्जिनियरिङ् र मानविकी तथा सामाजिकशास्त्र संकायका परीक्षा फाल्गुणमा गर्ने भएको छ । दोस्रो सेमेष्टर देखि अन्तिम सेमेष्टरसम्मको परीक्षा फाल्गुणकोे पहिलो हप्ताबाट गर्ने भएको हो ।

साथै पठनपाठन तथा आन्तिरीक मूल्याङ्कन प्रक्रिया पुरा गरी विद्यार्थीहरुबाट परीक्षा फाराम भराई माघ १५ गते भित्र विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयमा पठाउन विद्यार्थी तथा सबै कलेजहरुलाई आग्रह गरेको छ ।


परीक्षा फाराम भर्दा पुष १५ गतेदेखि सञ्चालन हुने प्रथम सेमेष्टरको परीक्षा र फाल्गुण पहिलो हप्ताबाट सञ्चालन हुने बाँकी परीक्षा तालिका भएकाले सोही अनुसार मिलाएर फाराम भर्न भनिएको छ ।


त्यसैगरी परीक्षाको विस्तृत तालिका छिट्टै प्रकाशन गरीने परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीले जानकारी दिए ।