ईन्लाईटिन ईन्टरनेशनल एजुकेसन १४ औ वर्षमा प्रवेश

काठमाडौं /२४ मंसिर- “हेल्पिङ रिलाईज योर ड्रिम” नराका साथ उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई सेवा दिने उदेश्यले सन २००९ मा स्थापना भएको ईन्लाईटिन ईन्टरनेशनल एजुकेसन प्रा. लि. १४ औ वर्षमा प्रवेश गरेको छ ।


नेपालबाट युएसए, अस्ट्रेलिया, क्यानडा, युके, न्युजल्यण्ड र जापानमा उच्च शिक्षा अध्ययनमा जान चाहाने विद्यार्थीहरुलाई परामर्श दिदै सहजिकरणको भुमिका निर्वाह गर्दै आएको ईन्लाईटिन १४ औ वर्षमा प्रवेश गरेको हो ।


विद्यार्थी अध्ययन गर्न जाने देशको वातावरण, शिक्षा प्रणाली, छात्रवृत्ति, सम्बन्धित देशको अन्तराष्ट्रिय विद्यार्थीहरुले पालना गर्नुपर्ने निति, नियम, कलेज, विश्वविद्यालयको शुल्क तथा भर्ना प्रक्रिया, रोजगारको अवस्था लगायतका विषयमा परामर्श एवम् ती मुलुकमा जान चाहने विद्यार्थीको भिजा प्रक्रियामा चाहिने आवश्यक कागज पत्र बारे जानकारी दिनुका साथै सहजिकरण गर्दै आईरहेको छ ।


त्यसैगरी उच्च शिक्षा अध्ययनमा जानका लागि आवश्यक पर्ने आईएलटिएस र जापानीज भाषाका कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । दक्ष अनुभवि एवम् टिआई.टिआई , आईसिईएफ, क्युईएसि, बिसि, सिसिईए, युएसएटिसि आई.एसए.एन.ए जस्ता कोर्ष गरेका सटिफाईड परामर्शदाताहरु द्वारा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुलाई निरन्तर मार्ग निर्देशन गरिरहेको छ ।


विश्वभर २१५ भन्दा बढी देशका कलेज तथा विश्वविद्यालयहरुसँग सम्बन्धन लिएर नेपालमा बुटवल, चितवन, पोखरामा शाखा कार्यलय रहेको र युएसए, अस्ट्रेलिया , क्यानडा, युके, न्युजल्यण्ड र जापानमा विद्यार्थीलाई सहयोग गर्ने कार्यलय स्थापनागरि हजारौ विद्यार्थीहरुलाई सेवा एवम् परामर्श प्रदान गर्दे आइरहेको छ ।


ईन्लाईटिन ईन्टरनेशनल एजुकेसन प्रा. लि.ले १४ औ स्थापनाको अवसर पारेर डिसेम्बर महिनाभरिमा आईएलटिएस र जापानीज भाषा पढ्न र उच्च शिक्षा अध्ययनको लागि प्रक्रियामा लाग्ने शुल्कको ५० प्रतिशत छुटको ब्यवस्था गरेको जनाएको छ ।