काठमाडौं /२२ मंसिर-शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि प्रस्ताव पेश गर्न आव्हान गरेको छ । मन्त्रिपरीषद्बाट स्वीकृत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६ मा व्यावस्था भए बमोजिम प्रस्ताव पेश गर्न भनिएको हो ।
चालु आर्थीक वर्ष २०७८/०७९ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरुलाई स्थानिय तह मार्फत प्रस्ताव पेश गर्न भनिएको छ ।
इच्छुक सार्वजनिक विद्यालयहरुले शिक्षा तथा मानवस्रोत विकास केन्द्रले तोकेको ढाँचा अनुसार पुस ८ गतेभित्र सम्बन्धित स्थानीय तहमा पस्ताव पेश गर्नुपर्ने छ ।






