कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

काठमाडौँ /१७ मङ्सि-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशित गर्न कै लागि ९ बजे बोर्ड बैठक बोलाइएको स्रोतले जनाएको छ ।

“ आज ९ बजे कोर्ड बैठक बोलाइएको छ, करीब ११ बजे भित्र नतिजा प्रकाशित हन्छ” बोर्ड स्रोतले खबर एजुकेशनलाई भन्यो ।


बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।