प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णय विरुद्ध अनेरास्ववियुको विरोध

काठमाडौं /१७ मंसिर-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिविले करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णयको विरोध गरेको छ । मसिंर १४ गतेको वसेको सिनेट बैठकले करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णय गरेपछि विरोध गरेको हो ।


अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दे विभिन्न समयमा आंशिक करारमा नियुक्ति प्रध्यापकहरुको व्यावस्थापन गर्ने नाममा मेरिट र प्रतिस्पर्धा भन्दा बाहिर गएर गरिने कुनै पनि मापदण्ड र विशेष व्यावस्थाको पक्षमा नरहेको भन्दै विरेध जनाएको छ ।


प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्दा सेवा आयोग मार्फत खुल्ला प्रतिस्पर्धा गराई प्रतिस्पर्धाबाट उत्कृष्ट र उत्कृष्टहरु मध्येबाट उपयुक्त जिम्मेवारी दिने प्रणाली स्थापित छ, र गर्नुपर्दछ , विज्ञप्तिमा उल्लेख छ ।


यस्तो गलत निर्णयलाई अविलम्ब फिर्ता लिन र खुल्ला प्रतिस्पर्धा मार्फत आवश्यक पूर्ण दरबन्दी परिपूर्ति गर्न माग गर्दे विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन सरोकारवाला पक्षासँग आग्रह गरेको छ ।


यस्तै त्रिविले यस गलत निर्णय नसच्याए अनेरास्वियु चरणवद्द आन्दोलन गर्न बाध्य हुने जानाकारी दिदै पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार देशभरका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख मार्फत त्रिवि कुलपति, सहकुलपति र उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरेको छ ।