काठमाडौँ /१७ मङ्सि-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
परीक्षामा मुलुकभरबाट तीन लाख ७४ हजार १५ परीक्षार्थी सहभागी भएका थिए । नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np बाट र नेपाल टेलिकमको वेभसाइ www.neb.ntc.net.np बाट हेर्न सकिने छ । त्यसैगरी नेपाल टलिकमको १६०० मा एसएमएस गरी हेर्न सकिने छ ।
साथै बोर्डले ४६ जना परीक्षार्थीको चालु खण्डको सम्पुर्ण विषयको परीक्षाफल रद्द गरेको छ ।
।



