काठमाडौं/४ मंसिर-त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यलयले एम.एड.तहको कार्यक्रम थपका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्र संकायको स्नातक तह वि.एड. मात्र कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसहरुका लागि कार्यक्रम थपका गर्न आवेदन माग गरेको हो ।
एम.एड तहको हालसम्म एउटा पनि कार्यक्रम सञ्चालन नभएका दूर्गम जिल्ला र महानगरपालिका ,उप महानगरपालिका तथा जिल्लाको सदरमुकाम भन्दा बाहीरी भेगमा अवस्थित सामुदयिक क्याम्पसहरुलाई एम.एड तह कार्यक्रम थपका लागि अवेदन माग गरीएको जनाएको छ ।अवेदन मंसिर ५ गतेदेखि ९ गतेसम्म दिन सकिने छ ।




