विदेशी कलेजको प्रतिनिधि हुन स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्छ : नेका

काठमाडौं/२ मंसिर-राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले अब बन्दै गरेको शिक्षा ऐन र नियमावली बारे एक कार्यक्रम विच छलफल सम्पन्न गरेको छ । नेपालमा विभिन्न विदेशी कलेज र विश्वविद्यालयका प्रतिनिधिहरु रहेको त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे छलफल सम्पन्न गरेको हो ।


छलफलको क्रममा नेपालमा विभिन्न विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु रहेको र ति प्रतिनिधिहरुले शैक्षिक परामर्श संस्थामा गएर सेमिनार, एडमिसन डे, शैक्षिक मेलामा आफुले प्रतिनिधित्व गरेको कलेजका बारेमा जानकारी दिने गरेका छन् ।


विदेश अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिनुका साथै उनिहरुको भविष्यसँग जोडिने सवालमा विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको पनि योग्यता निर्धारण गर्नुपर्नेमा नेकाले सरोकारवालाहरुसँग छलफल सुरु गरेको छ ।


शैक्षिक योग्यतामा कलेज तथा विश्वविद्यालय प्रतिनिधिहरुले स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने तथा अंग्रेजि भाषा शिक्षामा आईएलटीएसमा ७ तथा सम्बन्धित देशको पढाइहुने भाषमा सो सरह दखल भएको हुनुपर्ने लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल सुरु गरेको नेकाका सचिव दिपक कोइरालाले जानकारी दिए ।