सप्तरी/२ मंसिर-सप्तरीको छिन्नमस्ता गाउँपालिकाभित्र रहेका १९ वटा विद्यालयले पाउनु पर्ने सेवा सुविधा नपाए पछि शिक्षकहरुले पठनपाठन ठप्प पारेका छन । शिक्षक तथा कर्मचारीहरूले साउनदेखि तलव नपाएको भन्दै मंसिर १ गतेबाट पठनपाठन ठप्प पारेका हुन ।
कात्तिक ११ गतेदेखि संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन गर्दैै आएका एक सय ३५ शिक्षक तथा कर्मचारीले आफ्ना कामहरु वन्द्ध गरी गाउँपालिकाको कार्यालयमा धर्नामा बसेका छन ।
धेरै लामो समय सम्म शिक्षक तथा कर्मचारीहरूले पाउने सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेको हाँटी माविका प्रधानाध्यापक महेन्द्रनारायण यादवले जनकारी दिएका छन ।
राजनीतिक द्धन्दले गाउँसभा हुन नसकेको भएपनि कार्यालय प्रमुख नभएका कारण तलब खुवाउन नसकिएको भन्दै गाउँपालिका अध्यक्ष सुर्यनारायण मंडल तर्किने गरेका छन् ।
छिन्नमस्ता पालिकामा भित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी, आयुृर्वेद, भेटेरिनरी, सरसफाई, विकास पुर्वाधार पोषण, र, सडक, विद्युत, खानेपानी, सीपमुलक कार्यक्रमहरु केही हुन नसकेका कारण यो समस्या आयको पालिकाका प्रमुख महेश शर्माले वताएका छन ।



