काठमाण्डौ उपत्यकामा डीसीएमसीको समन्वयमा विद्यालय खोल्न सक्ने

काठमाण्डौ /१६ भदौ-काठमाण्डौ उपत्यकामा विद्यालय सञ्चालनको जिम्मा पालिकालाई दिइएको छ । स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यावस्थापन केन्द्र (डीसीएमसी) सँगको समन्वयमा निर्णय गरी विद्यालय सञ्चालन गर्न सक्ने जनाएको हो ।


जिल्ला प्रशासनको जारी आदेशमा भनिएको छ “निषेधाज्ञाको अवधिमा भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्था सञ्चालन गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्ने छन् ।”


परीस्थिति केहि सहज भएको र विद्यालय सञ्चालन गर्नेपर्ने भए डीसीएमसी सँगको समन्वयमा पलिकाले निर्णय गर्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।