विद्यालय सञ्चालन बारे उपत्यका जिल्लाका प्रमुखहरु वैठक बस्दै

काठमाडौं /१६ भदौ-आज राति १२ बजेबाट जारी निषेधाज्ञा अवधि सकिन लागेकोसँगै दिउँसो १ बजे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु वैठक बस्दै छन ।


बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालय सञ्चालन बारे थप निर्णय गर्र्नेे जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खबर एजुकेशन अनलाईनलाई जानकारी दिए ।


उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय सञ्चालन गरे पछि विद्यालयहरु भौतिक रूपमै सञ्चालन गर्न दिने या नदिने भन्ने बारे बैठकले निर्णय गर्ने पराजुलीले बताए ।


उपत्यकाका केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरीरहेको अवस्था छ भने हिजो मात्र जिल्ला प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।