चितवन/९ भदौ-कालिका नगरपालिकाले नगर भित्रका दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । आज एक कार्यक्रम आयोजाना गरी कालिका नगरपालिका –५ स्थित भीमोदय नमूना मावि र कालिका –९ स्थित चतुर्मुखी माध्यमिक बिद्यालयलाई बस हस्तान्तरण गरेको हो ।
नगर प्रमूख खुमनारायण श्रेष्ठले शिक्षामा गरेको लगानीले दिगो प्रतिफल दिने भएकोले आफुले यस अघि दुई सामुदायिक विद्यालय र यो वर्ष थप २ विद्यालयलाई वस दिने योजनालाई कार्यान्वयन गरिएको वताउनु भयो ।
प्रशासकीय प्रमुख अच्युत राज रेग्मीले रु ८० लाखको लागतमा राष्ट्रिय बोलपत्र आह्वान गरि बस खरिद गरिएको र विद्यालयले १० लाख ५० हजार साझेदारी गरेको जानकारी गराउनु भयो ।
चितवनको भीमोदय नमुना माविमा यस अघि विद्यालय आफैले खरिद गरेको एक वस रहेकोमा यो वर्ष नगरले थप १ वस दिए पछि बिद्यालय सँग दुई वटा वसको भएको छ ।
उक्त बिद्यालयमा कक्षा ११/१२ तर्फ बालिबिज्ञान , बिज्ञान ,व्यवस्थापन र शिक्षा बिषयको पठनपठन हुने गर्दछ । विद्यालयमा १,६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
साथै विद्यालय स्मार्ट स्कूलको पूर्वाधार सम्पन्न भइसकेको र यस वर्ष मात्र छिमेकी संस्थागत विद्यालायाहरुबाट झन्डै ३०० विद्यार्थीहरु स्थान्तरण भइ भर्ना भएको विद्यालयका प्राचार्य डा.हरिप्रसाद कंडेलले जानकारी दिनुभयो ।





