काठमाडौं/३ भदौ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखा (सिटिईभिटि)लाई विज्ञहरुको आवश्यक भएकोले आवेदन माग गरेको छ । परिषद् कार्यलयबाट सम्पादन गरिने विभिन्न प्राविधिक विषयहरुमा आवश्यक राय सुझाव परामर्श तथा प्रतिवेदन लगायतका सेवाहरु लिनुपर्ने भएकोले आवेदन माग गरिएको हो ।
विभिन्न पाँच विषयका लागि विज्ञहरुको आवश्यक भएकोले आफ्नो बायोडाटा र हसिल गरेको अन्तिम शैक्षिक योग्यता प्रमाणपत्र सहित दरखस्त पेस गर्न आग्रह गरेको छ ।
विषय विज्ञहरुको कार्यक्षेत्र विषय तथा कार्यक्रमहरुको सुचि परिषद्को वेबसाइट मा राखिएको र सूचना पकाशित भएको दस दिन भित्र विज्ञहरुलाई दरखस्त पेस गर्न भनिएको छ ।




