काठमाडौं/२ भदौ-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा कविता प्रतियोगिता आयोजिना गर्ने भएको छ । केन्द्रले साक्षरता र सिकाई शीर्षकमा कविता प्रतियोगिता आयोजना गरेको हो ।
सामुदायीक सिकाई केन्द्रमा कार्यरत परिचालकहरु ,अनौपचारीक पौढ तथा खुला विद्यालयमा अध्ययनरत प्रौढहरु र सामुदायीक सिकाई केन्द्र मार्फत गठन भएका विभिन्न आयआर्जन समूहमा आवद्ध प्रौढहरुबाट प्रतिनिधित्व हुनेगरी कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ ।
कविता गद्य वा पद्यको सिद्धान्तमा रही १५० देखि २०० शव्दमा हुनुपर्ने र कतै प्रकाशित नभएको हुनुपर्ने छ । साथै कविता शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाको ईमेल मा भदौ १२ गते ५ बजे भित्र पठाइसक्नु पर्ने छ ।
त्यसैगरी नेपाल बाल संगठन बाल मन्दिर नक्सालले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आर्यक्रम आयोजना गरेको जनाएको छ । प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् ।





