काठमाडौं/३ भदौ–शिक्षकको मर्यादाक्रम र राष्ट्रसेवक कर्मचारी सरहको सेवा सुबिधाको माग राख्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको पेशी भदौ २९ गतेलाई सरेको छ ।
असार १७ गते दायर गरिएको मुद्दाको भदौ ३ गतेका लागि आज पेशी चढेको थियो भने सरकारी तर्फबाट तयारी पुरा नभएको र सरकारी वकील उपस्थित नभएका कारण भदौ २९ गतेलाई सरिएको हो ।

रत्न मा.वि. तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले सबै प्रकारका राष्ट्रसेवक कर्मचारीलाई समान व्यबहार गर्नुपर्छ भन्ने कुराको न्यायिक घोषणा गराउन र राष्ट्रसेवक कर्मचारी बीच विभेदको अन्त्य गराउनको लागि दायर गरिएको मुद्दा सर्वोच्च अदालतको उच्च प्राथमिकतामा रहेको छ ।



