छोटो अवधिका कार्यक्रम नवीकरण गर्नका लागि सिटिईभिटिको आग्रह


काठमाडौं /१ भदौ -प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिईभिटि) स्तर निर्धारण महाशाखाले छोटो अवधिको तालिम कार्यक्रम नवीकरण गर्नका लागि आग्रह गरेको छ ।


परिषद्बाट सम्बन्धन लिई सञ्चालनमा रहेका छोटो अवधिका तालिम कार्यक्रमहरु संस्थाहरुले स्वीकृत पाएको मितिले दुई बर्षपछि प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यावस्था भएकोले नवीकरण गर्नका लागि आग्रह गरेको हो ।


साथै शैक्षिक सत्र २०७८/ ०७९ का लागि कार्यक्रम नविकरण गर्नका लागि सूचना जारी भएको मितिले ३० दिन भित्र नियमित शुल्कमा र बाँकी अन्य समयमा विलम्ब शुल्क भुक्तानि गरी प्रत्यक्ष वा अनलाईन मार्फत नविकरणका लागि निवेदन दिन जानकारी गराएको छ ।