कास्की/२ भदौ-पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारीमा रहेको जनाएको छ । सेमेस्टर प्रणाली अन्र्तगत २०२१ को स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा सञ्चालनको तयारी गरेको हो ।
विश्वविद्यालयले पठनपाठन तथा आन्तिरिक मुल्यांकनको प्रक्रिया पुरा गरी विद्यार्थीहरुबाट परीक्षा फारम भराई याही भदौ तेस्रो हप्ता भित्र पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयमा पठाउन सबै कलेज तथा विद्यार्थीहरुलाई सूचित गराएको छ ।
साथै पीक्षाको विस्तृत तालिका छिट्टै प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।



