काठमाडौं /१२ बैशाख – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सोमबार बाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना सङ्क्रमणको दर बढी रहेको भन्दै सोमबार बाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको जनाइएको छ । विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ ।
यस अघिको मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज थप २८ जनाको मृत्यु भएको छ ।



