विद्यालय समायोजन एकीकरणका लागि प्रस्ताव माग


काठमाडौं /१३ बैशाख- सामाजिक विकास मन्त्रालय,शिक्षा विकास निर्देशनालय बाग्मती प्रदेशले विद्यालय समायोजन एकीकरणका लागि प्रस्ताव माग गरेको छ ।

आर्थिक वर्ष २०७७/ ७८ को कार्यक्रम अनुसार स्थानीय तहसँग समन्वय र साझेदारीमा विद्यालय समायोजन एकीकरण गरी पायक पर्ने विद्यालयमा आधारभूत पूर्वाधार सहित ठूलो विद्यालय विकास गर्ने गुरुयोजना तयार गर्ने कार्यक्रम रहेकोले प्रस्ताव माग गरेको हो ।

साथै स्थानीय तहबाट यो सूचना प्रकाशित भएको १५ दिनभित्र इच्छुक विद्यालयले प्रस्ताव पेश गर्न भनिएको छ ।