नेपाल ल क्याम्पसका सम्पूर्ण सैद्धान्तिक कक्षाहरु आजदेखी स्थगित

काठमाण्डौं/९ वैशाख– त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसले विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन गरिरहेको विभिन्न तहका सैद्धान्तिक कक्षाहरु आजदेखी स्थगित गरेकोे छ ।


साथै, बीए.एलएल.बी र एलएलएम तहका कक्षहरु पूर्ववत् रुपमा अनलाईनबाट सञ्चालन भईरहेकोमा एलएलबी तर्फका नियमित कक्षाहरु पनि यहि वैशाख १५ गतेदेखी माईक्रोसफ्ट अफिस ३६५, टिम एप्सबाट सञ्चालन हुने क्याम्पस प्रमुख डा. डी.एन पराजुलीले जानकारी दिएको छ ।


यसका साथै त्रिविले एलएलबी तह २०७५/०७६ समूह प्रथम वर्ष र २०७४ समूहका तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना सम्पूर्ण विवरण त्रिविको ईमेल खाता [email protected] मा पठाउन आग्रह गरेको छ ।