काठमाडौ /७ बैशाख – शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले दक्षिण कोरिया सरकारको सहयोगमा शिक्षा क्षेत्रमा केही महत्वपुर्ण परियोजना सम्पन्न गरेकोमा दक्षिण कोरियाली राजदुत मार्फत कोरिया सरकारको प्रशंसा गर्नुभएको छ । उहाले कोरियाली सहयोग नियोग कोइकाको सहयोगमा तीनओटा परियोजना कार्यान्वयनमा रहेको बताउदै यस किसिमको सहयोगबाट दुई देशबीचको मित्रता अझै प्रगाढ हुदै जाने बताउनुभयो ।
राजदुत पार्क छोङ सुकसंग मन्त्रालयमा भएका शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले दक्षिण कोरीया नेपालमा लगानी गर्ने पाँच ठुला देशमा परेकोमा खुसी व्यक्त गर्नुभयो । भन्नुभयो– ‘दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षिय सम्बन्ध र सहकार्यलाई थप सबल बनाउने विश्वास लिएको छु ।
उहाले कोइकाको सहयोगमा निर्मित सिटिइभीटी अन्तर्गतको टिआइटिआइमा सम्पन्न भएको आइटी भवन उदाहरणीय रहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीबाट यही बैशाख १७ गते उद्घाटन गरिने सो भवन सुचना र प्रबिधिको लागि महत्वपुर्ण रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
दक्षिण कोरियाली सरकारले बुटबलमा निर्माण भएको प्राबिधिक शिक्षालय र बपर्दिवासमा निर्माणको क्रममा रहेको पोलिटेक्निक स्कुलले थप महत्व दिने उहाको भनाई थियो ।
शिष्टाचार भेटका क्रममामा राजदुत छोङसुकले दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा क्षेत्रमा थप सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसंग भेट्न पाउदा आफुलाई खुसी लागेको बताउदै राजदुत छोङसुकले दक्षिण कोरीयाली सहयोग नियोग (कोइका)र राजदुतावासले नेपालको अर्थतन्त्र विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भन्नुभयो–नेपालमा शिक्षा क्षेत्रको विकास र कार्यक्रम निरन्तरताको लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह लिन तयार छ । उहाले विश्वभाषा क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेपछि कोरियाली भाषाप्रति मोह बढेको चर्चा गर्दै अब निकट भविश्यमा सोही क्याम्पसमा कोरिया भाषाको स्नातक तह सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गर्नुभयो ।
उहाले दक्षिण कोरियाली सरकारले गरेको परियोजनाको विषयमा नेपाल सरकारले गरेको प्रसंसाप्रति खुलैरै स्वागत गर्नुभएको थियो । सो विषयमा उहाले भन्नुभयो– हामी नेपालको शैक्षिक र अन्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर छौ ।
भेटका क्रममा मन्त्री श्रेष्ठले दुई देश वीचको सम्बन्धमा निरन्तरता र सबलता प्राप्त गर्नेमा विश्वास रहेको बताउनुभयो ।
हाल कोभिड–१९ का कारण सृजित परिस्थितिले भेटघाट केही पातलिएको छ । नेपाल र गणतन्त्र कोरियाका साथै यो क्षेत्रका देशहरुमा कोभिड विरुद्धको खोप लगाउन सुरु भैसकेको सन्दर्भमा आगामी दिनमा यस्ता उच्चस्तरिय भ्रमण तथा जनस्तरका सम्बन्धका आयामहरु अझ नियमित र सुदृढ हुने अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाई थियो ।
सन् २००७ देखि रोजगार अनुमति प्रणालि (इपिएस) अन्तर्गत नेपाली युवाहरुले कोरियामा रोजगारका अवसर पाउँदै आएका छन र यसबाट दुबै मुलुकले लाभ लिन सफल भएका छन् । यसबाट बेरोजगारीको समस्या न्युन गर्न सहयोग पुग्नुका साथै नेपाली युवाले कामसँग सम्बन्धित ज्ञान, सिप तथा प्रविधिबारे सिक्न पाएका छन र प्राप्त विप्रेषणले नेपाली अर्थतन्त्रमा टेवा पुगेको छ । अर्कोतिर, कोरियाले आफ्नो आर्थिक विकासका निमित्त उर्जाशिल युवाश्रम प्राप्त गरेको छ ।
अहिले यस प्रणालि अन्तर्गत ३५ हजार भन्दा बढी युवाहरु कोरियामा कार्यरत रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसप्रकार यी दुई देस विचको सम्बन्ध दुई सरकारहरुवीच मात्र सिमित नरही जनस्तरमा समेत विस्तारित भएको बताउनुभयो ।
कोरियाली जनताको निमित्त नेपाल एउटा रोजाइको पर्यटकिय स्थलमध्यमा मर्न सफल भएको छ । विशेष गरी भगवान वुद्धको जन्मस्थल भर्मण गर्न र पदयात्राका निमित्त नेपाल आकर्षक गन्तव्य रहँदै आएको छ । कोभिड–१९ का कारण यसमा केही कमी आए पनि भविष्यमा यसले गति लिने विश्वास गर्न मन्त्री श्रेष्ठको भनाई छ ।



