बिएससी सिएस आईटीको परीक्षा केन्द्र निर्धारण

काठमाडौं /८ बैशाख- त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्राविधिक अध्ययन संस्थान डीन कार्यलयले स्नातक तह कम्पूटर विज्ञान तथा सूचना प्रविधि बिएससी सिएस आईटी विषय तेस्रो वर्ष छैठौं सत्र २०७४ समूहको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

साथै नियमित परीक्षार्थी तथा सोहि सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षार्थीहरुको २०७८/ ०१/ १७ गते देखि हुने परीक्षाको परीक्षा केन्द्र तोकेको हो ।