एकै विद्यालयका ३९ जनामा कोरोना संक्रमण, विद्यालय बन्द गर्न अभिभावककाे माग

बागलुङ/७ वैशाख– स्वास्थ्य कार्यालय बागलुङले मंगलबार मात्रै एक विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।


बलेवास्थित जनता धन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


सो नगरपालिकाले पुष्टि भएकालाई घरघरमै आईसोलेशनमा बस्न भनिएको छ । उनीहरु सँगै पढेका अन्य विद्यार्थीमा पनि कारोना संक्रमण हुन सक्ने अनुमान गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिए पनि सो नगरपालिकाले भने विद्यालय बन्द गरेको छैन ।


मन्त्रिपरिषद्को निर्णयमा सो क्षेत्रलाई सम्बोधन नगरेको भन्दै विद्यालय खोल्ने निष्कर्षमा पुगेको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताएका छन् ।
सो क्षेत्रमा अहिले संक्रमण बढेपछि अभिभावकले भने विद्यालय बन्द गर्नुपर्ने माग राखेका छन् ।