तत्काल रुपन्देहीका विद्यालय बन्द नहुने, परीक्षाको तयारी थाल्न डिसीसीएमसीको आग्रह


रुपन्देहीमा /४ बैशाख– जिल्ला स्तरिय कोभिड – १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । आज बसेको बैठकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

साथै जिल्लाका सबै स्थानिय तहले आ–आफ्ना क्षेत्र भित्रका सबै विद्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पूर्ण रुपमा पालना हुने गरी विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको एन- प्याब्सनका जिल्ला सचिव बाबुराम बञ्जाडेले जानकारी दिए ।

त्यसैगरी स्थानिय तहसँगको समन्वयमा विद्यालयमा शिक्षक र विद्यार्थी सुरक्षित रहेर शिक्षण सिकाईमा निरन्तरता दिदै वार्षिक परीक्षाको तयारी थाल्नु पर्ने निर्णय गरेको छ ।

डिसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका स्थानिय तहका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।