भीडभाड हुने कार्यक्रम नगर्न शिक्षा मन्त्रालयको अनुरोध


काठमाडौँ /१२ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम समेत बढेर जाने सम्धावना देखिएकोले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पार्नसक्ने प्रतिकूल असरका विषयमा छलफल आज छलफल गरेको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वर्तमान परिस्थितिमा सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने निचोडे निकालेको छ ।

साथै शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको मापदण्ड पालना गर्न गराउनुका साथै शिक्षण संस्थाहरूमा सभासमारोह, वार्षिकोत्सवजस्ता भीडभाड हुने कार्यक्रमहरूको आयोजना नगर्न बैठकले अनुरोध गरेको छ ।

त्यसै गरी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ को पुर्ण रुपमा अनसरणु गरी उत्त कार्यढाँचाको अधिनमा रहि निर्णय भए बमोजिम गर्न गराउन अनुरोध गरेको छ ।