काठमाण्डौं /१२ चैत– विगत १२ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको निमास एजुकेशन प्रा.लि.ले सफलतापूर्वक १२ वर्ष समयावधी पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको यो कम्पनी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिई आईरहेको संस्था हो ।
सो कम्पनीले क्यानडा, अमेरिका, अष्ट्रेलिया, न्युजील्याण्ड, युके, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले जानकारी दिइन् । उनका अनुसार परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ ।
निमास एजुकेशन एक आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । तसर्थ, अन्तर्राष्ट्रिय स्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको निर्देशक सरोज थापाले बताए । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था भएको उनले बताए ।



