काठमाण्डौं/४ चैत्र– नेपाली कांग्रेस विभागले ‘राष्ट्रिय शिक्षा नीति’ लाई सातै प्रदेशमा छलफल गरी अगाडी बढाउने भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।
कांग्रेस शिक्षा विभागद्वारा तयार गरिएको ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि भन्दै कांग्रसले संयोजकसमेत तोकेको छ ।
विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिं थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजकको रुपमा तोकेको छ ।
शिक्षा विभागका सचिव डा कृष्णप्रसाद पौडेलका अनुसार चयन गरेका सबै संयोजकहरुबाट सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेकोे जानकारी दिएका छन् ।



