एलएल.बी. तेस्रो वर्षमा भर्ना खुल्यो

काठमाण्डौं/४ चैत्र– त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसमा एलएल.बी. तेस्रो वर्षमा भर्ना खुलेको छ ।


क्याम्पसले एलएल.बी. प्रथम वर्ष २०७४/०७५ समूहमा भर्ना भई एलएल.बी. द्वितिय वर्षको अन्तिम परिक्षा दिएका विद्यार्थीहरुले २०७८ वैशाख १० गतेभित्र एलएल.बी. तेस्रो वर्षका लागि भर्ना हुन पाउने जनाएको छ ।


साथै, एलएल.बी. प्रथम र दोस्रो वर्षमा निरन्तर परीक्षा फाराम नभर्ने विद्यार्थीहरुले एलएल.बी. तेस्रो वर्षमा भर्ना हुन नपाउने नेपाल ल क्याम्पस प्रमुख डा. डी.एन. पराजुलीले जानकारी दिए ।


तृतीय वर्षको कक्षा सञ्चालन आगामी २०७८ साल वैशाख १५ गतेदेखि सञ्चालन हुनेछ ।