हिमालयन बैंकद्वारा ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण

काठमाण्डौं/२ चैत्र– हिमालयन बैंक लिमिटेडले बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।


‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत बैंकले सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित छेडेदहबासीको शैक्षिक स्तरमा विकास गर्न सहकार्य गर्दै त्यहाँका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले जानकारी दिए ।


सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय, धनगढीका निर्देशक सुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल र गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत लगायत स्थानीय विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।