काठमाण्डौं/२ चैत्र– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ ।
गत असारमै हुनुपर्ने परीक्षा कोभिड–१९ का कारण रोकिएको थियो । त्रिविले नयाँ सूचना निकाल्दै आगामी वैशाखमा परीक्षा गर्ने तय गरेको छ ।
परीक्षा २०७८ वैशाख ५ गतेदेखि सुरू हुने छ ।
परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । साथै, तीन वर्षे बीए, चार वर्षे बीएड, चार वर्षे बीबीएस, तीन वर्षे बीएससी र चार वर्षे बीएससीको परीक्षा पनि वैशाख ५ गतेबाट नै सञ्चालन हुने छ ।
परीक्षा तालिका ः








