शिक्षक सेवा आयोगले शिक्षकको विज्ञापन प्रदेशगत र जिल्लागत रुपमा गर्ने


काठमाण्डौं /२ चैत्र– शिक्षक सेवा आयोगले शिक्षकको विज्ञापन प्रदेशगत र जिल्लागत रुपमा गर्ने भएको छ ।
विगतका वर्षहरुमा क्षेत्रगत रुपमा सञ्चालन गर्दै आईरहेको शिक्षक सेवा आयोग शिक्षकको विज्ञापन अब प्रदेशगत र जिल्लागत रुपमा हुने भएको हो ।

शिक्षक सेवा आयोगले ७७ वटै जिल्लाबाट आएका रिक्त दरबन्दी विवरणलाई प्रदेशस्तरमा विभाजन गरेर निमावि र मावि तह तृतीय श्रेणीको खुल्लो परीक्षा हुने र प्रावि तहको जिल्लागत रुपमो परीक्षा हुने जनाएको छ ।

निमावि र मावि तह तृतीय श्रेणीको खुल्लाको परीक्षा प्रदेशगत स्तरबाट हुने र प्रावि तह तृतीयको हकमा जिल्लागत रुपमो परीक्षा हुने शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनले भने, “शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रबाट जिल्लागत रुपमा आएको दरबन्दी रिक्त विज्ञापन पूर्ति गर्न लाई ती प्रदेशभित्र कुन–कुन जिल्लाहरु पछनर्् , त्यसलाई छुट्याएर विभिन्न विषय अनुसार दरबन्दी विभाजन हुने र त्यसलाई प्रदेशगत रुपमा विभाजन गरिने भएको छ ।”