एसईईमा सहभागी हुने विद्यार्थीको आन्तरिक मूल्याङ्कनको अङ्क पठाउन निर्देशन

काठमाडौँ /१ फागुन – परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई० को आन्तरिक मूल्याङ्कनको अङ्क प्रविष्ट गराउन निर्देशन दिएको छ ।


यो वर्षको एसईईमा समावेश हुनका लागि योग्य विद्यार्थीहरूको पाठ्यक्रममा तोकिएको अङ्क बमोजिम आन्तरिक मूल्याङ्कन गरी वा गराई प्राप्ताङ्क परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको डाटा बेसमा प्रविष्ट गरी अपलोड गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको हो ।


आन्तरिक मूल्याङ्कनको अङ्क प्रविष्ट गर्दा प्रत्येक विषयको आन्तरिक र बाह्य मूल्याङ्कन अङ्क अपलोड भइसके पश्चात् संशोधन नहुने भएकाले पछिसम्म फरक नपर्ने गरी आन्तरिक मूल्याङ्कनको अङ्क आगामी चैत १५ गते सम्म प्रविष्ट गर्न। गराउनु हुन सबै विद्यालय एवं शिक्षा विकास तथा समन्वय एकाइलाई सूचना मार्फत जानकारी गराएको छ ।