आजपाको घोषणापत्रमा शिक्षा : नेपाललाई छोटो अवधीमा पूर्ण साक्षर राष्ट्र बनाउने

काठमाडौँ /१ फागुन – आम जनता पार्टी (आजपा) नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको घोषणापत्रमा गुणस्तरीय शिक्षाका लागि आधुनिक पूर्वाधारको व्यवस्था गरिने उल्लेख गरेको छ ।


साथै नेपाललाई छोटो अवधीमा पूर्ण साक्षर राष्ट्र बनाईने, शिक्षा र खेलकुदको विकासका लागि सरकारी विद्यालयमा स्मार्ट क्लासरुम’ को व्यवस्था गरिने र एक घर, एक प्राविधिक’ शिक्षा दिईने जनाएको छ ।


महिला सशक्तीकरणका लागि विशेष अभियान चालिने छ । मौलापुरले महिला सशक्तीकरणका लागि घरघरमा ग्यास चुल्हो, छात्राहरुलाई साइकल, ल्यापटप र छोरीको विवाहमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको जस्तो कार्यक्रम देशैभरी संचालन गरिने घोषणापत्रमा उल्लेख छ ।


निःशुल्क स्वास्थ्य, सीपमूलक शिक्षाः कोही नछुट्ने सामाजिक सुरक्षा :
शिक्षामा साक्षरता, गुणस्तरीय शिक्षा र उच्च प्राविधिक शिक्षाको नीति लिईनेछ । विज्ञ उच्च प्राविधिक जनशक्ति विकासमा जोड दिईनेछ । गुणस्तरीय शिक्षाका लागि आधुनिक पूर्वाधारको ब्यवस्था गरिनेछ ।


नेपाललाई छोटो अवधीमा पूर्ण साक्षर राष्ट्र बनाईनेछ । शिक्षा र खेलकुदको विकासका लागि सरकारी विद्यालयमा स्मार्ट क्लासरुम’ को व्यवस्था गरिने छ । एक घर, एक प्राविधिक’ र एक स्थानीय तह, एक खेलग्राम’ को नीतिमार्फत युवाहरूको शारीरिक तथा मानसिक विकासमा विशेष जोड दिइने छ । हरेक नगरमा खेल मैदानः खेलाडीलाई उच्च सम्मानको नीति लिईनेछ ।


स्वास्थ्यतर्फ हरेक पालिकामा सुविधासम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चित गरिने छ । नागरिकको स्वास्थ्य विवरणलाई डिजिटल हेल्थ कार्ड’ मा सुरक्षित राख्ने प्रणालीको विकास गरिनुका साथै स्वास्थ्य बीमालाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ । गम्भीर रोगहरूको उपचार पूर्णतः निःशुल्क गर्ने व्यवस्था मिलाइने छ । नगर नगरमा मोडेल अस्पतालको व्यवस्था गरिनेछ । एक घर, एक धारा’ र पूर्ण सरसफाइ अभियानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सञ्चालन गरिने छ । साथै घरघरमा नाला र बस्ती बस्तीमा ढलको ब्यवस्था गरिनेछ ।


महिला सशक्तीकरणका लागि विशेष अभियान चालिने छ । मौलापुरले महिला सशक्तीकरणका लागि घरघरमा ग्यास चुल्हो, छात्राहरुलाई साइकल, ल्यापटप र छोरीको विवाहमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको जस्तो कार्यक्रम देशैभरी संचालन गरिनेछ । साथै, महिला उद्यमीलाई बिनाधितो सहुलियतपूर्ण ऋण उपलब्ध गराई उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल बनाउने नीति लिइने छ ।