बुढानिलकण्ठ यु–१४ प्याब्सन कप फुटसल प्रतियोगिता सम्पन्न : रिलायन्स र शिशुमिलन बने विजेता

काठमाडौँ /१ फागुन – बुढानिलकण्ठ प्याब्सनको आयोजनामा सम्पन्न यु–१४ प्याब्सन बुढानिलकण्ठ कप फुटसल प्रतियोगितामा छात्रतर्फ रिलायन्स स्कुल र छात्रातर्फ शिशुमिलन स्कुल विजेता बनेका छन् ।


प्रतियोगिताको छात्रतर्फको फाइनल खेलमा रिलायन्स स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा इम्पेरियल वल्र्ड स्कुल उपविजेता बनेको छ ।


त्यसैगरी छात्रातर्फको उपाधि शिशुमिलन स्कुलले हात पार्दा भक्ति इन्टरनेसनल एकेडेमी उपविजेता बनेको छ । प्रतियोगितामा शिशुमिलन स्कुल र रिलायन्स स्कुल विजेता बन्दा भक्ति इन्टरनेसनल एकेडेमी र इम्पेरियल वल्र्ड स्कुल उपविजेता बनेका हुन् । प्रतियोगितामा हिमालयन स्कुल र त्रिज्योती स्कुल क्रमशः तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।


बुढानिलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयका टिमहरूको सहभागिता रहेको प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाई छ ।