काठमाडौँ /१ माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको ऐन कानुनले देशलाई समृद्ध बनाउन सक्ने दूरदृष्टि भएका सक्षम र प्रतिभाशाली युवाहरूको उत्साहलाई सधैँ हतोत्साह गरिरहेको बताएका छन् । मन्त्रालयमा रहेका कानुन हेर्ने व्यक्तिहरूले यस्ता कुरा पटक्कै नबुझ्ने गरेको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।
देशलाई समृद्ध बनाउन एकदमै स्वच्छ नेताको दूरदृष्टि अनुसारको ऐन कानुन बनाउने चलन नल्याएसम्म नेपालमा अशान्ति र गरिबी नहट्ने देखिएको आफू मन्त्री भएर आएपछि अनुभव गरेको उनको भनाई छ ।
उनले भनेका छन् “ऐन कानुनले कहिल्यै पनि प्रतिभाशाली र दूरदृष्टि भएका मान्छेहरू जन्माएको छैन र जन्माउँदैन पनि । नेपालको ऐन कानुनले देशलाई समृद्ध बनाउन सक्ने दूरदृष्टि भएका सक्षम र प्रतिभाशाली युवाहरूको उत्साहलाई सधैँ नै हतोत्साह गरी रहेको छ । मन्त्रालयका कानुन पण्डितहरूले यो कुरा पटक्कै नबुझ्ने रहेछन । मन्त्री भए पछि यो कुरा भनै प्रस्ट भयो । देशलाई समृद्ध बनाउन एकदमै स्वच्छ नेताको दूरदृष्टि अनुसारको ऐन कानुन बनाउने चलन नल्याए सम्म नेपालमा अशान्ति र गरिबी नहट्ने देखियो ।”



