शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ /२ माघ – राजर्षिजनक विश्वविद्यालय, सेवा आयोगले प्राध्यापन सेवा (शिक्षक) तथा प्रशासन सेवा (कर्मचारी) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदको खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।


शिक्षक कर्मचारी सेवा नियमावली २०७५ को परिच्छेद २ को नियम २.२ बमोजिम दरखास्त आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ । आवेदन माघ २ देखि फागुन ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दिन सकिने छ ।

Screenshot