विदेश भ्रमणमा नजाने शिक्षामन्त्रीको घोषणा

काठमाडौँ /२५ पुष – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू विदेश भ्रमणमा नजाने बताएका छन् । शिक्षामन्त्री भएपछि पहिला पनि तीनवटा निमन्त्रणा आएको र अहिले पनि दुई वटा निमन्त्रणा आएको बताउँदै विदेश भ्रमणमा नजाने बताएका हुन् ।


उनले विदेश घुमेर देशको अर्थतन्त्र नबन्ने तर्क गर्दै देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति नहुने र केही गर्न पैसा चाहिने बताएका छन् ।


“लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न । देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ? ? ” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।