काठमाडौँ/२५ पुष – राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले १३ जनाको दरखास्त स्वीकृति गरेको छ । समितिको पुष १० गते प्रकाशित सूचना बमोजिम २४ गतेसम्मा आएका दरखास्त मध्ये छानविन गरी नामावली प्रकाशित गरेको हो ।
शिक्षा ऐन, २०२८ को दफा ४क. को उपदफा (२) (क) र मिति २०८२/०९/१० मा प्रकाशित सूचनामा उल्लिखित शर्तहरु पुरा गरेका व्यक्तिहरुको दरखास्त स्वीकृत गरिएको गरेको समितिले जनाएको छ ।
साथै अवधारणा पत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता सम्बन्धी सूचना पछि प्रकाशन गरिने जनाईएको छ ।




