शिक्षकको तलब रोक्ने पालिकालाई कारबाही हुन्छ : शिक्षामन्त्री

काठमाडौं/११ असोज – भोलिसम्म शिक्षकहरूको तलब निकास नगर्ने पलिकालाई कारबाही गरिने शिक्षामन्त्री महाविर पुनले चेतावनी दिएका छन् । मन्त्रालयबाट पालिकामा तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।


मन्त्री पुनले तलब निकासा गर्न भोलिसम्मको अल्टिमेटम दिएका छन् । दसैं–तिहारको अवसरमा पालिकाले तलब निकासा नगरि दिएको केहि प्रअ र शिक्षकहरुको गुनासो आएको बताउँदै फेसबुकमाफर्त सो चेतावनी दिएका हुन् ।


उनका अनुसार शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ । तर पनि केही पालिकाले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन् ।


उनले सामाजिक सञ्जालमा लेखेका छन्, मन्त्रालय बाट पैसा गएर पनि तलव नख्वाउने पालिकाहरुलाई सुचना दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको छ । शिक्षा मन्त्रालय बाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ । भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ ।