माविको अन्तर्वार्ता स्थगित

काठमाडौं/२४ भदौ – शिक्षक सेवा आयोगले माविको अन्तर्वार्ता स्थगित गरेको छ । भदौ २६ गतेदेखि असोज १ गतेसम्मका लागि तय भएको अन्तर्वार्ता स्थगित गरिएको हो ।


देशमा विद्यमान असहज परिस्थितिका कारण साउन १९ गते तय भएको मावि तहको स्थायी शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा छनोट भएकाको अन्तर्वार्ता अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको आयोगका उपसचिव गणेशप्रसाद पौडेलले जनाएका छन् ।