सुजन कडरियाले दिए अनेरास्ववियुको अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ /२४ भदौ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् ।


उनले हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन रहेको उल्लेख गर्दै विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न नसकेको बताएका छन् ।


उनले सामाजिक सञ्जालमा लेखेका छन्

हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन !
विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन ।
तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु । जनताको सेवामा निरन्तर लाग्ने छु । यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दबाउन खोजिरहेको प्रज्ञाभुती भएको छ । यसको नतिजा भयाभह हुनेछ ।
मेरो जिवनको सवैभन्दा कालोदिन !