काठमाडौँ /१२ भदौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल शिक्षक महासङ्घ र सरकारबिच भएको ९ बुँदे सहमति प्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । कार्यालयमा धर्ना दिएका शिक्षकहरूलाई सम्बोधन गर्दै शिक्षक महासङ्घ तथा शिक्षकहरूले शिक्षा ऐन तुरुन्तै चाहियो भनेर माग गरिरहेको र त्यस विषयमा सहजिकरण गर्न एमाले सहभागी भएर शिक्षा मन्त्रालय र शिक्षक महासङ्घकाबिच भएको ९ बुँदे सहमतिमा पार्टी प्रतिबद्ध रहेको बताएका हुन् ।
त्यसैका आधारमा संसदले कानुन बनाउँदा ध्यान दिनुपर्छ भन्ने पार्टीका तर्फबाट निर्देशन दिएको जानकारी दिए । पोखरेलले कति विषय ९ बुँदे सहमति अन्तर्गत सम्बोधन हुन नसकेका रहेछन् भने राष्ट्रिय सभाका माध्यमबाट शिक्षक कर्मचारीका विषयलाई सम्बोधन गर्ने प्रयास गरिने विचार व्यक्त गरे । साथै ९ बुँदे सहमति प्रति पार्टीको पूर्ण प्रतिबद्धता रहेको उनको भनाई छ ।
उनले भने “कतिपय विषय संसदले कानुनन् बनाउँदा ध्यान दिनु पर्दछ भन्ने पार्टीका तर्फबाट निर्देशन दिएका छौँ । मलाई लाग्छ अब कतिपय विषयहरू ९ बुँदा सहमति अन्तर्गत सम्बोधन हुन सकेका रहेनछन् भने अब राष्ट्रिय सभाका माध्यमबाट यी विषयलाई सम्बोधन गर्ने प्रयास हुनेछ भन्ने कुरा म शिक्षक साथीहरूलाई आसवास्त पार्न चाहन्छु । ९ बुँदे सहमति प्रति हाम्रो पार्टीको पूर्ण प्रतिबद्धता छ ।”
नेपाल शिक्षक महासङ्घले पहिलो चरणका आन्दोलनको कार्यक्रम अन्तर्गत आज दोस्रो दिन नेकपा एमालेको पार्टी कार्यालयमा २ घण्टा धर्ना दिएका थिए । महासङ्घले घोषणा गरेका आन्दोलनका कार्यक्रम अनुसार आजदेखि २० गतेसम्म केन्द्रमा सबै पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनुका साथै २ घण्टा प्रतिनिधि मूलक धर्ना दिने कार्यक्रम रहेको छ ।
२०७५, २०७८, २०८० र २०८१÷८२ मा सरकारसँग भएका सहमति लागु गर्न, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति ९हालको ६० प्रतिशत–४० प्रतिशत को सट्टा० आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।



