काठमाडौं/५ भदौं – शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको बैठक आज ८ बजे बस्दैछ । भदौं २ गते समितिका सचिव दशरथ धमलाले विधेयकको प्रतिवेदन पेस गरेपछि समितिका सदस्यलाई अध्ययनका लागि दुई दिनको समय दिइएको थियो ।
दुई दिन पछि शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको बस्न लागेको आजको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल हुने छ ।
भदौ २ गते बसेको बैठकमा निजी विद्यालयहरुको पूर्ण छात्रवृत्ति सवाल उठेको थियो भने सचिवालयका अनुसार आज विवादित् विषयमा पनि छलफल हुनसक्ने जनाएको छ ।
साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले निजी विद्यालयको पूर्ण छात्रवृत्तिलाई ऐनमा नराखि नियमावलीमा व्यवस्था गर्न प्रस्ताव गरेका थिए । यसैगरी मन्त्री पन्तले विधेयकलाई अब नलम्ब्याउन आग्रह गर्दै छिटो पारित गर्न समेत आग्रह गरेका छन् ।



