काठमाडौं/५ भदौ – विद्यालय शिक्षा विधेयक शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । आज बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।
पारति विधेयकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा) फरक मतसहित पारित भएको छ । विधेयक अब बस्ने संसदको बैठकमा पेस हुने छ ।
माओवादी केन्द्रले ५ बुँदे फरक मत राखेको छ । माओवादीका सांसदहरू देवेन्द्र पौडेल, महेन्द्रराय यादव, रेशा शर्मा र ज्ञानु बस्नेत सुवेदीले फरक मत पेस गरेका हुन् । यसैगरी रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ । रास्वपाकी सांसद सुमना श्रेष्ठले विधेयकमा पार्टीको तर्फबाट फरक मत राखेकी हुन् ।
राप्रपाकी सांसद बिना जैसवालले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेकी छन् ।



