माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला

काठमाडौं/३१ साउन – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको छ । नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम ( ७ ) बमोजिम विज्ञापज खुला गरेको हो ।


तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेका माध्यमिक तहको अध्यापन अनुमति पत्र लिन चाहने इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली httpsM//license.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त दिनल सक्ने छन् ।


विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिने छ ।