सामुदायिक र संस्थगत विद्यालयको सफल अभ्यास आदान प्रदान गरिने

काठमाडौं/१५ जेठ – अर्थ मन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई सामुदायिक र संस्थागत विद्यालयका सफल व्यवस्थापन अभ्यासलाई अन्य सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सदुपयोग गरिने जनाएका छन् । मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को वजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।


संस्थागत सामाजिक उत्तरदायित्वको दायरा विस्तार गरी विद्यालय शिक्षाको नतिजा र गुणस्तर सुधारमा समेत प्रयोग गर्न सक्ने नीति लिइने र सामुदायिक र संस्थागत विद्यालयका सफल व्यवस्थापन अभ्यासलाई अन्य सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सदुपयोग गरिने जनाएका छन् ।