माध्यमिक शिक्षा परीक्षाको संचालन तथा व्यवस्थापन प्रदेश तहबाट गरिने

काठमाडौं/१५ जेठ – अर्थ मन्त्री विष्णु पौडेलले माध्यमिक शिक्षा परीक्षाको संचालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने प्रबन्ध मिलाइने जनाएका छन् । मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को वजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।


उनले बजेट भाषणमा भनेका छन् ‘शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तीय समानीकरण अनुदानमा रुपान्तरण गरिनेछ । माध्यमिक शिक्षा परीक्षाको संचालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने प्रबन्ध मिलाइनेछ ।’