काठमाडौं/१५ जेठ– सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ २ खर्ब ११ अर्ब १७ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।
यस्तो अर्थमन्त्री विष्णु पौडेलको शिक्षमा घोषणा
१.प्रत्येक जिल्लामा कम्तिमा एक विद्यालय पर्ने गरी शैक्षिक नतिजाका आधारमा शैक्षिक उत्थान कार्यक्रम सञ्चालन गरिने त्यस्ता विद्यालयलाई नतिजा सुधारका लागि सहयोगको व्यवस्था मिलाईने छ । त्यसका लागि प्रतिविद्यालय २५ लाख अनुदान दिइने ।
२. शिक्षक र विद्यार्थी संख्या तथा भौगोलिक दुरी र यातायात सुविधाका आधारमा विद्यालयको पुनः नक्साङ्कन गरिनेछ । नक्साङ्कनका आधारमा विद्यालय गाभ्ने नीति लिइनेछ । गाभिएका विद्यालयहरुका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको छ ।
३. शिक्षक दरबन्दीको पुनरावलोकन गरिनेछ । शिक्षकको क्षमता विकास गर्न आवधिक रुपमा तालिमको प्रबन्ध गरिनेछ । संस्थागत सामाजिक उत्तरदायित्वको दायरा विस्तार गरी विद्यालय शिक्षाको नतिजा र गुणस्तर सुधारमा समेत प्रयोग गर्न सक्ने नीति लिइनेछ । सामुदायिक र संस्थागत विद्यालयका सफल व्यवस्थापन अभ्यासलाई अन्य सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सदुपयोग गरिनेछ ।
४. अंग्रेजी विज्ञान र गणित विषयका शिक्षकहरुको अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्कको स्थापना गरिनेछ । स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिनेछ ।
५. शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तीय समानीकरण अनुदानमा रुपान्तरण गरिनेछ। माध्यमिक शिक्षा परीक्षाको संचालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने प्रबन्ध मिलाइनेछ ।
६. कक्षा पाँच सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम वृद्धि गरी रु १० अर्ब १९ करोड विनियोजन गरेको छु । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुनेछन् ।
७. विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिई १ अर्ब २९ करोड विनियोजन गरेको छु । यसबाट १३ लाख छात्राले लाभान्वित हुनेछन् ।
८. लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ । मुसहर डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा तर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड विनियोजन गरेको छु ।
९. सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत संघीय सरकारबाट उपलब्ध गराउँदै आएको सशर्त अनुदान वृद्धि गरेको छु । यसका लागि रु १० अर्ब १६ करोड विनियोजन गरेको छु ।
१०. नेपाली मौलिकतामा आधारित शिक्षण सिकाइ प्रणाली विकास गरिनेछ । विद्यालय शिक्षामा भर्चुअल शिक्षण प्रणालीलाई उपयोग गरिनेछ । शिक्षाको गुणस्तर वृद्धि गर्न डिजिटल सिकाइ पोर्टलको विकास गरिनेछ । अपाङ्गता भएका विद्यार्थीलाई आधारभूत तहको शिक्षा पूरा गर्न छात्रावासको प्रबन्ध गरिनेछ ।
११. राष्ट्रिय नियमन मापदण्ड तयार गरी निजी विद्यालयको समेत प्रभावकारी अनुगमन गरिनेछ । गुरुकुल गुम्बा मदरसा लगायतका परम्परागत शिक्षा पद्धतिको विषयगत र शैलीगत विशिष्टता संरक्षण र प्रवर्धन गरिनेछ ।
१२. राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तराई मधेसमा १५०० पहाडमा १००० र हिमालमा ५०० भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि पूँजीगत अनुदान उपलब्ध गराइनेछ । निर्माणाधीन नमुना विद्यालयको निर्माण कार्य सम्पन्न गरिनेछ । यसका लागि रु २ अर्ब ७२ करोड विनियोजन गरेको छु ।
१३. उच्च शिक्षालाई अनुसन्धानमा लक्षित बनाइनेछ । उच्च शिक्षासम्बन्धी छुट्टै ऐन निर्माण गरी विश्वविद्यालयहरुको संचालनमा एकरुपता कायम गरिनेछ । अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्ति विकास गर्न जोड दिइनेछ । विश्वविद्यालयहरुका विभाग एवम् संकायहरुको पुनर्संरचना गरिनेछ ।
१४. विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरी उच्च शिक्षाको सुदृढ नियमनकारी निकायमा विकास गरिनेछ । विश्वविद्यालयहरुलाई विद्यार्थी संख्या शैक्षिक गुणस्तर र पूर्वाधारको आवश्यकताका आधारमा अनुदान उपलब्ध गराइनेछ । शैक्षिक क्षेत्रका अभिभावक
१५. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अगाडि बढाइनेछ । सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा ल्याइनेछ । विदेशी योगमा हिमालयन आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माण गरिनेछ ।
१६. विश्वविद्यालयहरुमा विदेशी विद्यार्थी समेत आकर्षित गर्ने नीति लिइनेछ । शैक्षिक क्यालेन्डर अवधि भरको लागि विदेशी विद्यार्थीलाई निशुल्क भिसा उपलब्ध गराइनेछ। त्यस्ता विद्यार्थीका अभिभावकलाई बहु प्रवेश भिसाको व्यवस्था मिलाइनेछ ।
१७. सरकारी स्वास्थ्य प्रणालीमा आवश्यक पर्ने विषय र संख्या अनुरुप जनशक्ति उत्पादन गर्न छात्रवृत्ति उपलब्ध गराइनेछ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षामा प्रदान गर्दै आएको छात्रवृत्तिलाई गरिब जेहेन्दार र अति दुर्गम क्षेत्रका विद्यार्थी लक्षित बनाइनेछ ।
१८. भरतपुर बुटवल सुर्खेत र डडेल्धुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरुको पूर्वाधार निर्माण कार्य अघि बढाउन रुचोपन्न गरी विनियोजन गरेको छु । चिकित्साशास्त्र इन्जिनियरिङ सूचना प्रविधि नर्सिङ लगायतका प्राविधिक विषयमा जनशक्तिको अभाव हुन नदिन विद्यमान मापदण्ड पुनरावलोकन गरी अध्ययन कोटा वृद्धि गरिनेछ ।
१९. विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीलाई नतिजाको आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षा र विश्वविद्यालय शिक्षामा आवद्ध हुन प्रोत्साहित गरिनेछ ।
२०. उच्च शिक्षा अध्ययन गर्न नसकेका युवाहरुलाई सीपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइनेछ ।
२१.आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट २६,९०० युवालाई ६ महिना सम्म ६ महिना भन्दा बढी अवधिको तालिम प्रदान गरिनेछ । प्रत्येक प्रदेशमा एक प्राविधिक शिक्षालय छनोट गरी नमुना शिक्षालयमा स्तरोन्नति गरिनेछ ।
२२.साधारण विद्यालयका प्राविधिक धारका विद्यार्थीले सीप विकासका लागि त्यस्ता शिक्षालयको पूर्वाधार सुविधाको उपयोग गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
२३. सेवाको प्रकृतिको आधारमा सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गरिनेछ । उद्यमशीलता बैदेशिक शिक्षालाई प्रोत्साहन गर्न हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला सहित कमाउँदै पढ्ने पढ्दै अँ हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला सहित कमाउँदै पढ्ने कार्यक्रम संचालन गरिनेछ ।
२४.शैक्षिक क्यालेन्डर प्रकाशित गर्ने र कार्यान्वयनको अनुगमन गर्ने र सुझावको पालना नगर्ने विश्वविद्यालयको अनुदान रोक्ने व्यवस्था गरिनेछ ।
२५. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि रु २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरेको छु ।



