स्नातक तह प्रथम वर्षको भर्ना खोल्नु पर्ने भन्दै उपकुलपतिको कार्यकक्ष तोडफोड

काठमाडौं/१४ जेठ – परीक्षाको समयमा विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ । स्ववियु अध्यक्ष तथा अन्य पदाधिकारीहरूले तोडफोड गरिएको हुन् ।


विद्यार्थी नेताहरूले भर्ना खोल्न दबाब दिँदै रेक्टर कार्यालय र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । साथै यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न भनिएको र स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नुपर्ने दाबी गरेका छन् । तुरुन्त स्नातक तह प्रथम वर्षको भर्ना खोल्नु पर्ने उनिहरुको माग रहेको छ ।