विश्वविद्यालयमा हस्तक्षेप नगर्न पूर्व उपकुलपतिहरूको आग्रह

काठमाडौँ /१३ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गुणस्तरीय शिक्षा दिन सके नेपाली विद्यार्थीहरू अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् ।


काँग्रेस शिक्षा विभागले सोमवार काठमाडौँमा आयोजना गरेको उच्च शिक्षा नीति विषयक विमर्श कार्यक्रममा शिक्षाको गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् ।


यसैगरी सभापति देउवाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति निर्माण गर्न काँग्रेसले ध्यान दिने धारणा राखे ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले स्वायत्र् तरिकारले विश्वविद्यालय चलाउनुपर्ने धारणा राख्दै फूले हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विश्वविद्यालयमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने र विद्यार्थीहरूको विदेश पलायन रोक्नुपर्ने धारणा राखे ।


साथै विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको लागि कसैले पनि पनि भनसुन नगर्न आग्रह गर्दै बरु सरकारले आग्रह गरिदिएर बस्दिन पर्यो भन्ने वातावरण बनाउन प्रज्ञिकहरूसँग आग्रह गरे । पन्तले विदेशमा रहेका विश्वविद्यालयहरूलाई नेपाल अध्यापन गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिँदै युवापुस्ताहरूलाई स्वदेशमा नै रोक्न सक्ने गरिको शिक्षा दिन सक्नुपर्ने धारणा राखे ।


त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले विश्वविद्यालय भनेको एकेडेमिक्सहरूको गणतन्त्र भएकोले बाहिरबाट कसैले हस्तक्षेप गर्न नहुने बताए । के पढाउने, कसरी पढाउने र पढाएको कुरा कसरी मुल्यांकन गर्ने भन्ने जस्ता नितान्त विश्वविद्यालयको कुरा भएकोले यसमा हस्तक्षेप गर्न नहुने धारणा व्यक्त गरे ।


उनले आफू उपकुलपति हुँदा प्रधानमन्त्रीबाट कहिल्यै पनि हस्तक्षेप नगरेको उदाहरण दिँदै विश्वविद्यालयको ओनरसिप सरकारमा नहुने बताए । यसैगरी ओनरसिप विश्वविद्यालयकै हुनुपर्ने बताउँदै यसका लागि बोर्ड अफ ट्रस्टलाई अगाडी बढाउनुपर्ने धारणा व्यक्त गरे ।


त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थ खनियाँले शिक्षा मन्त्रालय र क्याबिनेटले समेत गरेका निर्णयहरू कार्यान्वयन नहुने गरेको उल्लेख गर्दै अहिले नेपालको उच्च शिक्षा माथिल्लो तहबाटै बिग्रिएको दाबी गरे । शिक्षा मन्त्रालयले निर्देशिकाको भरमा मात्रै ३) वर्ष बढी विदेशी सम्बन्धन प्राप्त कलेजहरूलाई अनुमति दिएको बताउँदै देश मै भएका विश्वविद्यालयहरूको हकमा सरकारले विश्वविद्यालयसँग सहकार्य नगरी प्रध्यापकहरूसँग गर्ने गरेको बताए ।


खनियाँले विश्वविद्यालय बन्छन् की खुल्छन् भन्ने प्रश्न गर्दै सरकारको लगानीमा भर पर्ने भएतापनि लगानी कति गर्ने विषयमा नै अन्योलता देखिने गरेको बताए । उनले भएका शैक्षिक संस्थाहरूलाई विश्वविद्यालयमा रूपान्तरण गर्न सकिने भएपनि त्यसो नगरी नयाँ खुल्ने गर्नु राम्रो नभएको विचार व्यक्त गरे ।


सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा।अम्माराज जोशीले विश्वविद्यालयमा लगानीको मोडेल के हुने भन्ने विषयमा प्रस्ट हुनुपर्ने धारणा राख्दै सरकारको लगानीबाट मात्रै चल्न नसक्ने धारणा राखे । विश्वविद्यालयमा कसैको सर्त लागु नहुनेमा जोड् दिँदै शिक्षक राम्रो भए शिक्षा राम्रो हुने र शिक्षक राम्रो नभए शिक्षा राम्रो नहुने भएकोले सबै दोषी भएको बताए ।


यस्तै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी अघि बढ्नुपर्ने बताए । पार्टीको शिक्षा नीतिले समग्र शिक्षा नीति निर्माणमा र कार्यान्वयनमा योगदान गर्ने अपेक्षा राखिएको बताउँदै उच्च शिक्षा सम्बन्धी विमर्श कार्यक्रम राखिएको प्रष्टा पारे ।